अन्धकार छाएको त्यो रातमा,
सुनसान जङ्गलमा दुल्दै थियौं हामी,
दुल्दा दुल्दै सबै जना हराउँदै गए,
म एक्लै मात्र भए त्यहाँ बाकी,
जता हेरे पनि कालो अन्ध्यारो मात्र देखे,
को सँग थिए म ? कहाँ हराए तिनी,
कस्तो भ्रममा परे म को सँग रमाए तिनैलाई नचिनी,
आकाश पनि कति कालो न चन्द्रमा छ न त तारा,
त्यस सुनसान कालो अन्धकार रातमा कोही थिएन मेरो साहारा,
अलि अलि हिम्मत गरी पाइला अगाडि सार्दै गए,
जति पाइला चले, त्यति म डराए,
पछाडिबाट कसैले आक्रमण गर्ने हो कि,
सर्पले खुट्टा बेर्ने पो हो कि,
यस्ता विचारहरुले मलाई अत्याउदै गयो,
अचानक मेरो सामना रातो आँखा भएको एउटा जीव सँग भयो,
डरले म काम्न थाले र आत्निदै कराए,
“के भयो नानी” भन्दै आमाले बिउँझाउदा पो नराम्रो सपना रहेछ भन्ने थाहा पाए ।
