नराम्रो सपना

अन्धकार छाएको त्यो रातमा,
सुनसान जङ्गलमा दुल्दै थियौं हामी,
दुल्दा दुल्दै सबै जना हराउँदै गए,‌
म एक्लै मात्र भए त्यहाँ बाकी,
जता हेरे पनि कालो अन्ध्यारो मात्र देखे,
को सँग थिए म ? कहाँ हराए तिनी,
कस्तो भ्रममा परे म को सँग रमाए तिनैलाई नचिनी,
आकाश पनि कति कालो न चन्द्रमा छ न त तारा,
त्यस सुनसान कालो अन्धकार रातमा कोही थिएन मेरो साहारा,
अलि अलि हिम्मत गरी पाइला अगाडि सार्दै गए,
जति पाइला चले, त्यति म डराए,
पछाडिबाट कसैले आक्रमण गर्ने हो कि,
सर्पले खुट्टा बेर्ने पो हो कि,
यस्ता विचारहरुले मलाई अत्याउदै गयो,
अचानक मेरो सामना रातो आँखा भएको एउटा जीव सँग भयो,
डरले म काम्न थाले र आत्निदै कराए,
“के भयो नानी” भन्दै आमाले बिउँझाउदा पो नराम्रो सपना रहेछ भन्ने थाहा पाए ।


  • रातको आकाश

    साना साना चम्किला ताराहरु को गहना लाउछचन्द्रमाको ज्योतिले आफूलाई सजाउछरातको आकाश जुन तारा मिली सगैँ नयाँ सृष्टि बनाउछ सितल आनन्दित हावा सल्सलाउछ रात परेपछि एउटा अनौठो राम्रो भावना पलाउछ रातको आकाश हेरि यो मन आफैँ गुन्गुनाउछ शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउछशान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ […]

  • नराम्रो सपना

    अन्धकार छाएको त्यो रातमा,सुनसान जङ्गलमा दुल्दै थियौं हामी,दुल्दा दुल्दै सबै जना हराउँदै गए,‌म एक्लै मात्र भए त्यहाँ बाकी, जता हेरे पनि कालो अन्ध्यारो मात्र देखे,को सँग थिए म ? कहाँ हराए तिनी,कस्तो भ्रममा परे म को सँग रमाए तिनैलाई नचिनी,आकाश पनि कति कालो न चन्द्रमा छ न त तारा,त्यस सुनसान कालो अन्धकार रातमा कोही थिएन […]

  • Insanely Sane- Serene Words

    How does it feel to be insane? To be breathing insanity and to be living insanely? Is being termed as ‘ insane’ making you intimidated? It’s coming from someone who is insane enough to address it. There are not enough forms of this particular word to fit in a conversation, which makes it less complicated. […]